घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश

घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

घनश्याम भूसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटलमा आयोजित एक कार्यक्रमबीच भुसालले नेकपा एसमा समाहितको स्वघोषणा गरेका हुन् । 

नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहेका थिए । एमालेले गत प्रतिनिधिसभा निर्वाचनमा भुसाललाई उम्मेदवार नै उठाएन । त्यसपछि उनले पार्टी छाडेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।  तर, उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भए । 

एकीकृत समाजवादीमा फर्किएका भूसालले कुन जिम्मेवारी पाउँछन् भन्ने खुलिसकेको छैन । यद्यपि पार्टीभित्र उनलाई महासचिव वा उपाध्यक्ष पद दिने विषयमा छलफल चलिरहेको छ । हाल एकीकृत समाजवादीको महासचिव पदमा बेदुराम भुसाल छन् । 

Logo