डुङ्गा डुब्दा बङ्लादेशमा १७ यात्रुको मृत्यु

डुङ्गा डुब्दा बङ्लादेशमा १७ यात्रुको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बङ्लादेश ।

बङ्लादेशमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १७ यात्रुको मृत्यु भएको छ । देशको राजधानी ढाकादेखि १५८ किलोमिटर टाढा पर्ने नेट्रोकोना जिल्लामा भएको दुर्घटनामा परी एक जना अझै बेपत्ता रहेका छन् ।

“दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव हामीले ल्याएका छौँ, अर्का एक जनाको खोजी भइरहेको छ,” जिल्लाका एक जना प्रहरी प्रमुख एकेएम मोनिरुल इस्लामले भने ।

उनले खराब मौसमका कारण बुधबार मध्याह्नको समयमा डुङ्गा दुर्घटना भएको पनि सञ्चारकर्मीलाई जानकारी दिए। दुर्घटनामा परेको डुङ्गामा ४८ जना यात्रु रहेका थिए । तीमध्ये ३० जना यात्रु पौडिएर बाँच्न सफल भएको उनले बताए।रासस

Logo