आज थप ९ जनामा कोरोना पुष्टी

आज थप ९ जनामा कोरोना पुष्टी

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट संकलित १ हजार ३ सय ७७ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पीसीआर विधिबाट ६ सय ४३ र एन्टीजेनबाट ७ सय ३४ जनाको परीक्षण गर्दा ९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ४ जना संक्रमित निको भएका छन्। हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या २८ रहेको छ । उनीहरुको उपचार भैरहेको छ । 

Logo