पुलिस एनभीए भलिबल च्याम्पियनसिपको फाइनलमा

पुलिस एनभीए भलिबल च्याम्पियनसिपको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको पहिलो सेमिफाइनलमा एपीएफ क्लबलाई ३–२ को सेटमा हराएर पुलिस उपाधि नजिक पुगेको हो । रोमान्चक खेलको पहिलो सेट पुलिसले २५–१५ ले जितेको थियो । दोस्रो सेट र तेस्रो सेट एपीएफले २५–१७ र २५–२१ ले जितेको थियो । चौंथो सेट पुलिसले २५–२१ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो । पाँचौं सेटमा पुलिसले १५–७ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।

उपाधिका लागि पुलिसले अब आइतबार आर्मी र  न्यु डायमण्डबीचको विजेतासँग खेल्नेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

Logo