इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफले विजयी सुरुआत गरेको छ ।
शनिबार बिहान भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको सामान्य ५२ रनको लक्ष्य ८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । एपीएफको जीतमा कप्तान सिता रानामगरले १९ रनको नटआउट पारि खेल्दा ज्योति पाण्डे ८ रनमा पभेलियन फर्किइन् । यसैगरी रोमा थापा १४ रनमा नटआउट रहँदै खेल जिताइन् । एपीएफका इन्दू बर्मा र सरिता मगरले भने खाता खोल्न सकेनन् । गण्डकी प्रदेशकी सृष्टि जैशीले सवै ३ विकेट लिइन् ।
पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५१ रन बनाएको थियो । कप्तान सृष्टि जैशीले सर्वाधिक १४ रन बनाउँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोडेनन् । सुजाता थापा र कुशुम गोदारले ७–७ रन बनाए । एपीएफकी सुमन विष्टले ३ विकेट लिँदा नेरी थापा, शुष्मा श्रेष्ठ, सिता रानामगर र राजमति ऐरीले एक एक विकेट लिए । सुमन विष्ट प्लेयर अफ दी म्याच बनिनन् । जीतसँगै एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ ।































प्रतिक्रिया