प्रदेश १ उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

प्रदेश १ उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

केन्द्रबिन्दु
0
Shares

प्रदेश १ सभाको उपसभामुखमा सिर्जना दनुवार निर्वाचित भएकी छन् ।

नेकपा एमालेकी उनले ५७ मत ल्याइन्। ​कांग्रेसकी लीलाकुमारी राईले ३३ मत ल्याइन्। लीला कुमारीलाई नेकपा एकीकृत समाजवादीको समर्थन रहेको थियो । दनुवार र राई दुवै उदयपुरबाट समानुपातिक निर्वाचित सांसद हुन्। उनीहरूको घर भएको वडासमेत एकै हो। दुवै जना त्रियुगा नगरपालिका वडा नम्बर ९ का हुन्। सत्ता गठबन्धनकै एक सांसद भने अनुपस्थित थिए। एमालेकी मीना श्रेष्ठ शौचालय गएर आउन ढिला भएपछि मर्यादापालकले उनलाई भित्र छिर्न दिएका थिएनन्।

प्रदेश सभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य गरी ९३ सदस्य रहेका छन्।

Skip This
Skip This
Logo