कञ्चनपुरमा सवारी दुर्घटनामा परी २३ वर्षीया तारा मल्लको मृत्यु

कञ्चनपुरमा सवारी दुर्घटनामा परी २३ वर्षीया तारा मल्लको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर ट्याक्टरको ठक्करबाट २३ वर्षीया तारा मल्लको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेदकोट नगरपालिका–७ लालपुरमा ट्याक्टरले ठक्कर दिँदा बेदकोट-१ की अन्दाजी २३ वर्षीया तारा मल्लको मृत्यु भएको हो । साइकलमा सवार उनलाई शनिबार करिब बेलुकी ५ बजेतिर ट्याक्टरले ठक्कर दिएको थियो । प्रहरीका अनुसार मृतकको झोलाभित्र तारा मल्ल लेखिएको परिचयपत्र फेला परेको छ । 

परिवारका मानिस अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको म२त १०३५ नम्बरको ट्याक्टरले ती युवतीलाई ठक्कर दिएको थियो ।

Skip This
Skip This
Logo