नेपाल र नामिबियाबीचको खेलमा वर्षा बाधक, टसमा ढिलाइ

नेपाल र नामिबियाबीचको खेलमा वर्षा बाधक, टसमा ढिलाइ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नेपाल र नामिबियाबीचको खेलमा वर्षा बाधक बन्ने देखिएको छ।

पानी पर्दा खेल सुरु हुने समयसम्म टसमेत हुन सकेको छैन। नेपाल र नामिबियाबीचको खेल २ः४५ देखि नेदरल्याण्ड्सको स्पोर्टपार्कको मैदानमा सुरु हुने तालिका थियो।

जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा नामिबिया तथा दोस्रो म्याचमा नेदरल्याण्ड्ससँग क्रमशः ८ र ६ विकेटको हार बेहोरेको थियो।

Logo