काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नामिबियाविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ।
आजको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ। नेपालले आज ललितनारायण राजवंशीलाई विश्राम दिएर भीम सार्कीलाई मौका दिएको हो।
जारी श्रृंखलामा नेपाल पहिलो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा नामिबिया तथा दोस्रो म्याचमा नेदरल्याण्ड्ससँग क्रमशः ८ र ६ विकेटको हार बेहोरेको थियो।




















