काठमाडौं ।
सरकारले भोलिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली पुनः लागू गर्ने भएको छ ।
गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी सो जानकारी दिएको छ । काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मास्क नलगाउनेलाई पनि कारबाही गर्ने जनाएको छ । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सम्म नेपालमा २१,३९० संक्रमित छन् । आज काठमाडौं उपत्यकामा ६२ जना संक्रमित थपिएका छन् ।






























प्रतिक्रिया