काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् ।
आइतबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको यतिको विमान पोखराको नयाँ गाउँस्थित दुर्घटना भएको हो । उक्त विमानमा ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार थिए। दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ ।































प्रतिक्रिया