नेपाली कथानक चलचित्र ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको आइतबार एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो ।
चलचित्रको छांयाङ्कन ३ महिनापछि हुने निर्माण पक्षले जनाएको छ । उक्त फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको मूख्य भूमिका रहनेछ ।
ओ.एम.जी.इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुनेछ । छायांकनमा निस्कनुअघि फिल्मका लागि अन्य कलाकार छनोट गरिने निर्देशक देव कुमार श्रेष्ठले जानकारी दिए । फिल्मले नेपालदेखि अष्ट्रेलियासम्मको कथा बोल्नेछ । मुलतः फिल्म अष्ट्रेलिया पुगेपछि नेपालीले गर्नुपर्ने संघर्षको कथामाथि निर्माण हुनेछ ।
अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरि बहादुर घलेले छायांकन गर्नेछन् । फिल्मको प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे रहेका छन् ।





























प्रतिक्रिया