बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित

बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छन् । 

आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।
 
आजको प्रदेशसभामा एक सय १० सदस्य रहेकाेमा एक सय आठजना सदस्य बैठकमा उपस्थित भएकाे प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । बैठकमा उपस्थितमध्ये ६१ सदस्यले प्रस्तावको पक्षमा मत खसालिन् । विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत प-यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिए ।

Logo