सत्तारुढ दलहरुबीच भएको मन्त्रालय बाँडफाँटमा जनता समाजवादी पार्टी (जसपा) ले असन्तुष्टि जनाएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा सोमबार बसेको सत्ता साझेदार दलहरूको बैठकले मन्त्रालय भागवण्डाको टुंगो लगाएको दाबी गरिएका बेला जसपाले भने असहमति प्रकट गरेको हो । जसपाले सोमबारको बैठकबाट भएको निर्णय पुनर्विचार नगरिए सरकारमा सहभागी नहुने बताएको छ । ‘सत्ता गठबन्धनले सोमबार गरेको मन्त्रालय बाँडफाँटमा जनता समाजवादी पार्टी, नेपालको असहमति रहेको छ । निर्णयमा पुनर्विचार नगरिए जसपा सरकारमा सहभागी हुँदैन’, जसपाले सञ्चारमाध्यमलाई पठाएको प्रेस नोटमा उल्लेख छ ।
जसपाले उपराष्ट्रपतिसहित तीनवटा मन्त्रालयमा दाबी गरेको छ । तर गठबन्धनमा भाग लगाउँदा जसपालाई दुई मन्त्रालय छुट्याइएको छ भने उपराष्ट्रपति दिइएको छैन ।





























प्रतिक्रिया