पीएम कप महिला क्रिकेटमा प्रदेश–१ सेमिफाइनलमा

पीएम कप महिला क्रिकेटमा प्रदेश–१ सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ विजयी भएको छ ।

इटहरीमा भएको खेलमा प्रदेश–१ ले कर्णाली प्रदेशलाई १० विकेटले हराएको छ। कर्णालीको यो लगातार तेस्रो हार हो । मैदान ओसिलो भएको कारण ढिला सुरु खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश–१ लाई ४० रनको लक्ष्य दिएको थियो ।

प्रदेश–१ ले ४ ओभर ५ बलमा विनाविकेट लक्ष्य भेट्टायो । प्रतियोगितामा आजै सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्ने छन् । 

Logo