मलेसियाले पाँच लाख विदेशी श्रमिक लैजाने

मलेसियाले पाँच लाख विदेशी श्रमिक लैजाने

केन्द्रबिन्दु
0
Shares

मलेसियाले पाँच लाख विदेशी श्रमिक भित्र्याउन स्वीकृति दिएको छ।

मलेसियाको मानव संसाधन मन्त्रालयअन्तर्गत विदेशी श्रमिक राहत योजनामार्फत् विभिन्न चरणमा पाँच लाख विदेशी श्रमिक लैजाने भएको हो। मानव संसाधनमन्त्री शिवकुमारले विदेशी श्रमिकहरू उत्पादन, निर्माण, कृषि तथा होटल, रेस्टुरेन्ट जस्ता सेवामूलक क्षेत्रमा लैजाने बताए।

‘यी क्षेत्रहरूमा श्रमिकहरूको धेरै आवाश्यकता छ। हाम्रो तथ्यांकले पाँच लाख विदेशी श्रमिक आवश्यक पर्ने देखाएको छ,’ उनले भने। पछि फेरि आवश्यक देखिए क्रमशः थप्ने उनको भनाइ छ। यसअघि एक विज्ञप्तीमार्फत् पनि मन्त्रीले विदेशी श्रमिक रोजगारी राहत योजना कार्यान्वयनका लागि सरकार तत्पर रहेको बताएका थिए। रोजगारदाताहरूले केन्द्रिकृत व्यवस्थापन प्रणालीमार्फत् निर्माण, कृषि, होटल लगायत क्षेत्रमा विदेशी श्रमिक भर्ना प्रकृया अगाडि बढाउन सक्ने उनले बताएका छन्।

यसअघि गृहमन्त्री दतुक सेरी सैफुद्धिन इस्माइलले विभिन्न १५ मुलुकहरूबाट श्रमिक ल्याउन अनुमति दिने बताएका थिए। मलेसिया नेपाली श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्य मुलुक हो। मलेसियाको यस्तो निर्णयले नेपाली श्रमिकहरूलाई पनि लाभ पुग्ने विश्वास लिइएको छ।

Skip This
Skip This
Logo