राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकले गठन गरेको ‘निर्वाचन समीक्षा कार्यदल’ ले बुधबार अध्यक्ष कमल थापासमक्ष प्रतिवेदन पेस गरेको छ ।
गत ४ मंसिरमा सम्पन्न भएको निर्वाचनकाे समीक्षा गर्न पार्टी उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिवेदन आगामी माघ ९–१० गते काठमाडौंमा डाकिएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने छ । प्रतिवेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समीक्षा प्रतिवेदन विस्तृत अध्ययन गरेर केन्द्रीय समितिमा छलफलपश्चात् कार्यान्वयन गरिने बताए ।
प्रतिवेदन यथार्थपरक र ब्यावहारिक बनाउन हरसम्भव प्रयास गरिएको, देशभरिका नेता कार्यकर्ताहरुको भावना समेटिएको तथा कमीकमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक भण्डारीले जानकारी दिए । कार्यदलमा बसन्तमानसिंह अधिकारी, सुरेश आचार्य, माधव खत्री, नरप्रसाद थापा, यवती कार्की, हिक्मतसिंह भण्डारी, राजाराम बर्तौला, उज्वल पोखरेल छन् ।





























प्रतिक्रिया