न्यौपाने वर्तमान संसदको सभामुखका लागि योग्य व्यक्ति हुन्, जिताउनुपर्छ -महामन्त्री शर्मा

न्यौपाने वर्तमान संसदको सभामुखका लागि योग्य व्यक्ति हुन्, जिताउनुपर्छ -महामन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले काँग्रेसबाट सभामुख पदको उम्मेदवार बनेकी सांसद ईश्वरी न्यौपाने वर्तमान संसदको सभामुखका लागि योग्य व्यक्ति भएको बताएका छन् । 

बुधवार काँग्रेसबाट प्रतिनिधि सभा सभामुखको उम्मेदवारीका लागि प्रस्तावकको रुपमा संसद भवन पुगेका महामन्त्री शर्माले अहिलेको संसदका लागि उम्मेदवार न्यौपाने सबै किसिमबाट योग्य व्यक्ति भएको दाबी गरेका हुन् । उनले नेपाली काँग्रेसले कुनै बेला अन्य दलका उम्मेदवारहरुलाई पनि सभामुखका लागि मतदान गरेको उल्लेख गर्दै यस पटक काँग्रेसबाट उम्मेदवार बनेकी न्यौपानेलाई अन्य दलहरुले सभामुखमा जिताउनुपर्ने बताए । 

उनले सभामुखकी उम्मेदवार न्यौपानेमा सालिनता र सक्षमता दुवै भएकाले सभामुखमा जिताउँदा देशले पुनः एकपटक महिला सभामुखका साथै सुसुचित, सक्षम अनुभवी सभामुख प्राप्त गर्ने बताए । 
 
महामन्त्री शर्माले मन्त्रालयको कुनैपनि भागबण्डामा काँग्रेस सहभागी नबन्ने स्पष्ट पारे । उनले काँग्रेस प्रमुख प्रतिपक्षी भएर जिम्मेवार रुपमा अघि बढ्ने बताए । 

Skip This
Skip This
Logo