नश्लवादीहरूले मधेसी र थारुलाई राज्यबाटै बहिष्कार गरे, मधेशले प्रतिकार गर्नेछ–डा. सिके राउत

नश्लवादीहरूले मधेसी र थारुलाई राज्यबाटै बहिष्कार गरे, मधेशले प्रतिकार गर्नेछ–डा. सिके राउत

केन्द्रबिन्दु
0
Shares

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा आक्रोश व्यक्त गरेका छन् ।

डा. राउतले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्कार गरिएको बताएका छन् । बुधबार राति ट्वीटर ह्यान्डलमा उनले जनमत पार्टीलाई मात्र नभइ जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् । कुरा केवल जनमत पार्टीको होइन जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको हो, उनको आक्रोश छ ।

सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताए । ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्। मधेशले यसको प्रतिकार गर्नेछ,’ उनको ट्वीटर ह्यान्डलमा उल्लेख  छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीले सुरुमै एकजना मन्त्री सरकारमा पठाइसकेको छ । सो पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति थियो । तर अहिले खानेपानी मन्त्रालय दिइएको छ । मन्त्रालयमा चित्त नबुझेर अब्दुल खान मंगलबार शपथका साथै मन्त्रालयमासमेत गएनन् ।

सुरुदेखि सरकार गठनमा सक्रिय रहेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई सरकारभन्दा बाहिर राखिएको छ । मन्त्रिमण्डल विस्तारसँगै सत्ता साझेदार दलले मधेसकेन्द्रीत दललाई महत्त्व नदिएको गुनासो हुन थालेको छ ।

Skip This
Skip This
Logo