इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ ।
बुधबार राति भएको फाइनलमा एसी मिलानलाई ३–० गोल अन्तरले हराउँदै इन्टरले सातौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो । इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र लाउटरो मार्टिनेजले एक–एक गोल गरे ।
साउदी अरबको रियादस्थित किंग फाहद अन्तर्राष्ट्रिय रंगशालामा इन्टरले दशौँ मिनेटमा फेडेरिको डिमार्कोले गरेको गोलबाट अग्रता लिएको थियो । इडेन जेकोले २१ औँ मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । ७७ औँ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि इन्तरले सहज जित निकालेको हो ।
इन्टरले एसी मिलानलाई इटालियन कपको फाइनलमा हराएको यो पहिलोपटक हो । यसअघि, सन् १९७७ को कोपा इटालिया र २०११ को इटालियन सुपर कपमा इन्टर एसी मिलानसँग पराजित भएको थियो ।





























प्रतिक्रिया