हत्या अभियोग लागेका सांसद संसदमा उपस्थित भएको भन्दै कांग्रेसको ध्यानाकर्षण

हत्या अभियोग लागेका सांसद संसदमा उपस्थित भएको भन्दै कांग्रेसको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा सांसद खतिवडाले सभामुख चयनको निर्वाचन प्रक्रियाअघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएकाको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । हत्या अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको सुनेको भन्दै उनले उनीहरुको उपस्थितिमा सभामुख चयन प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्क्योल गरेर मात्र बैठकको कारबाही अघि बढाउन आग्रह गरे । 

जारी बैठकले सभामुख चयन गर्दै छ । सभामुख पदमा  देवराज घिमिरे र ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ । 
 

Logo