उपसभामुख पदको निर्वाचन शनिवार

उपसभामुख पदको निर्वाचन शनिवार

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा उपसभामुख पदको निर्वाचन माघ ७ गते शनिवार हुने भएको छ । 

प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा ज्येष्ठ सदस्य सभामुख पशुपति समशेर जबराले सो घोषणा गरेका हुन् । साथै उनले प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको सूचना प्रकाशित गर्न पनि संसद सचिवालयलाई निर्देशन दिए । 

आजको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । उनको पक्षमा १६७ मत आएको छ भने नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सय मत प्राप्त गरे । त्यस्तै एक मत भने कसैलाई नदिने पक्षमा खसेको थियो । सभामुखका लागि महतदानमा २६८ सांसद सहभागी भएक थिए । 
 

Skip This
Skip This
Logo