इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।
बिहीबार राति भएको खेलमा सिटीले टोटनहममाथि ४–२ को उत्कृष्ट पुनरागमन जित निकालेको हो । जितसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी पनि पाँच अंकमा छोट्याएको छ । इतिहाडमा भएको खेलमा टोटनहमले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । टोटनहमका लागि डेजान कुलुसेभ्स्की र एमरसन रोयलले गोल गरे ।
दोस्रो हाफमा सिटीका लागि सुरुमै जुलियन एल्भारेज र इर्लिङ हाल्यान्डले गोल गरे । अन्त्यमा रियाद मेहराजले दुई गोल थपे र सिटीको सम्झानालयक जित सम्भव भएको थियो । जितसँगै ४२ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । टोटनहम भने ३३ अंकमै सीमित रहेर पाँचौं स्थानमा छ ।





























प्रतिक्रिया