उपसभामुखको उम्मेदवार चयन गर्नका लागि नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
बैठक केहीबेर पछि धुम्बाराहीस्थित सभापनि शेरबहादुर देउवा निवासमा बस्दैछ । बैठकमा प्रतिनिधिसभाको उपसभामुख उम्मेदवारबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । विपक्षी गठबन्धनबाट उपसभामुखको उम्मेदवार कांग्रेसबाट वा अन्य दलबाट अघि सार्ने टुंगिसकेको छैन।
बैठकमा पूर्वपदाधिकारीलाई पनि उपस्थित हुन भनिएको छ। शुक्रबार उपसभामुखको मनोनयन दर्ता हुँदैछ भने शनिबार मतदान हुनेछ।





























प्रतिक्रिया