नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन दिदैँनौँ -अध्यक्ष ओली

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन दिदैँनौँ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र छिमेकी मुलुकहरुको जायज चासो–चिन्तालाई सम्बोधन गरेर अगाडि जाने बताएका छन् ।

एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रतामा कुनै सम्झौता गर्दैनौं । पारस्परिक लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्छौं ।’ ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखेल्ने पनि उल्लेख गरे ।

‘दुइटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौं । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन’, उनले भने, ‘हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं । उनीहरुको कुभलो गर्दैनौं । भलो चिताएर उनीहरुलाई सहयोग पुर्‍याएर उनीहरुका जायज चासो, चिन्तालाई सम्बोधन गरेर अगाडि जान्छौं ।’

Logo