किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ

किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

खोटाङमा किशोरीलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन गरेको कसुरमा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका २५ वर्षीय अनन्त बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय छात्रा रञ्जिता दाहाल विद्यालयबाट घर फर्कनेक्रममा मृत फेला परेको विषयमा प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या दुरुत्साहन गरेको खुलेकाले बिकलाई नियन्त्रणमा लिएर ज्यान सम्वन्धी कसुर अन्तरगत अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर सुक्ष्म अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताए ।

प्रहरीका अनुसार अभियुक्तले बालिकालाई लखेट्ने, समात्न खोज्ने लगायतका क्रियाकलाप गरेको खुलेको छ । माघ १ गते दिउँसो विद्यालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी बालिकाको शव माघ २ गते घर नजिकै खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको थियो । 

बालिका महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनत थिइन् । माघ ३ गतेदेखि विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् ।

प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिइन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेको आफन्तले बताएका छन् । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । 

Skip This
Skip This
Logo