दाङमा बलात्कारको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।
सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्की बलात्कार मुद्धामा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेर उनीविरुद्ध जबरजस्तीकरणीमा मुद्धा समेत दायर गरेको जनाएको छ । आरोपित कार्कीले सल्यान माइत जाँदै गरेकी एक महिलालाई बाटोबाटै होटलमा लगेर बलात्कार गरेको आरोप लागेको हो । माइत नपुगेपछि महिलाको श्रीमानले सोधपुछ तथा खोजी गर्दा आफूमाथि बलात्कार भएको भन्दै घटनाको बारे खुलासा भएको थियो । घटना खुलेपछि श्रीमान र श्रीमती दुवै उपस्थित भएर कार्कीबिरुद्ध मुद्धा दायर भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
अनुसन्धानका क्रममा महिला र कार्कीबिच पुरानै सम्बन्ध भएको पनि खुललेको प्रहरीले जनाएको छ । होटलमा बस्न पुगेका ती महिलाले रेकर्ड खातामा कार्कीलाई आफ्नो श्रीमान भनि उल्लेख गरेको पाइएको पनि बताइएको छ । कार्कीलाई १३ दिनदेखि प्रहरी हिरासतमा राखेर घटनामा अनुसन्धान भइरहेको दाङ प्रहरीको भनाइ छ ।





























प्रतिक्रिया