सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेलः काँग्रेस प्रवक्ता महत

सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेलः काँग्रेस प्रवक्ता महत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताएका छन् । 

शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे पार्टी प्रवक्तासमेत रहेका महतले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको कुरालाई प्रमुख रुपमा संसदमा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरु भएको बताए । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको पनि बताए । ‘गठबन्धनलाई फ्याक्शन गराउने भन्दा पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो । हिजो प्रचण्डजी संविधानकै पक्षमा उभिन्छ भनेपछि संविधानको रक्षाका लागि गठबन्धन बन्यो । अहिलेको परिवेशमा संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको छ ।’ उनले भने, ‘ओलीजीले संसद विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ । अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो । स्वार्थमा मुन्टो लुकाएर बस्ने भयो भने त परिणाम अर्को हुन्छ, त्यसैले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने उहाँहरुकै हातमा छ ।’

प्रवक्ता डा. महतले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल भएकोसमेत बताए । 

Logo