सुर्खेतमा जीप दुर्घटना : चारजनाको मृत्यु

सुर्खेतमा जीप दुर्घटना : चारजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।

जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका ५ बस्ने ३१ वर्षीय बबिन शाही र दैलेखको गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको हो।

पाँचजना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप गएराति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो। चारैजनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते एकजनाको उपचार भइरहेको छ। 

Skip This
Skip This
Logo