काठमाडौं । फास्ट बलर करण केसीको सानदार प्रदर्शनको मद्दतमा आइसिसी विश्वकप लिग–२ सिरिजमा नामिबियालाई नेपालले २ सय ११ रनमा रोकेको छ।
टस हारेर ब्याटिङको मौका पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन बनायो।
उसका लागि जोन फ्राइलिंकले शतकीय पारी खेले। उनले १४९ बलमा तीन चौकासहित १०० रनको पारी खेलेका हुन्।
बलिङतर्फ करण केसीले १० ओभरमा २ मेडनसहित २९ रन दिएर ५ विकेट लिए। यस्तै, सोमपाल कामीको नाममा एक विकेट रह्यो।




















