सुष्मा यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा

सुष्मा यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा

केन्द्रबिन्दु
0
Shares

नेपाली खेलाडी सुष्मा तामाङले एएसबीसी यू–२२ पुरुष र महिला बक्सिङ च्याम्पियनसिपको ऐतिहासिक फाइनल यात्रा तय गरेकी छन् ।

थाईल्याण्डको राजधानी बैंककमा जारी एएसबीसी एसियन यु-२२ मेन्स एण्ड उमन्स बक्सिङ्ग प्रतियोगिताको महिलातर्फ मिनिमम वैट ४८ किलो तौल समुहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्दि बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी)को आधारमा पराजित गर्दै तामाङ फाइनलमा प्रवेश गरेकी हुन् । 

उनले फाईनलमा उज्वेकिस्तानका खेलाडी फोजिलोभा फरजोनासंग फाईनलमा भेट पक्का गरेका छिन् । 

उज्वेक खेलाडी फोजिलोभाले आयोजक राष्ट्र थाईल्याण्डका खेलाडी योद्वारी थिप्सात्चालाई ५ः० को अंकको आधारमा पराजित गरेकी छन् । 

सुस्माले जितेको उक्त पदक नेपाल बक्सिंग संघको स्थापनाकालदेखि हालसम्म सबैभन्दा उच्च स्थानमा रहेको छ । यस अघि नेपालले एशियनस्तरमा कास्य पदकसम्म नै सिमित रहेको थियो ।

२०२१मा पोल्याण्डमा सम्पन्न भएको विश्व युथ उमन बक्सिग च्याम्पियनशिपमा पनि सुस्माले लिथुयानीका खेलाडीलाई पराजितगरी क्वाटरफाईनलसम्मको यात्रा तय गर्दै विश्व वरीयतामा छैठो स्थानमा पुग्न सफल रहेकी थिइन् । 

त्यसैगरी उमन फेदर वैट ५७ किलो तौल समुहमा आज भएको अर्को खेलमा भने नेपालका हेमा राई मंगोलियाका बत्तुर जोल्जारगलसंग ५ः० अंकको आधारमा पराजय भोग्दै कास्य पदकमै सिमित रहेका छन् । यसअघि हेमा राईले सिंगापुरका खेलाडीलाई ५ः० अंकको आधारमा पराजित गर्दै सेमिफाईनलसम्मको यात्रा तय गर्न सफल रहेकी थिइन् ।

Logo