इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले म्यानचेस्टर युनाईटेडमाथि ३–२ गोलको रोमान्चक जित निकालेको छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा युनाइटेड हार्न बाध्य भएको हो । खेलको १७ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २४ औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ५३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । तर, खेलको ५९ औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाईटेडलाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा एनकेटीहले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए ।
जितसँगै आर्सनल १९ खेलमा ५० अङ्कका साथ शीर्ष स्थानमाा कायमै छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलमा ४५ अङ्क छ । म्यानचेस्टर युनाइटेड भने २० खेलमा ३९ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।





























प्रतिक्रिया