यु–१९ विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

यु–१९ विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

केन्द्रबिन्दु
0
Shares

यु–१९ पुरुष विश्वकप क्रिकेटको छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

एसिया छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले आइतबार टिम घोषणा गरेको हो । अर्को महिना हुने प्रतियोगिताका लागि क्यानले १४ खेलाडीको टिम घोषणा गरेको छ । नेपाली टिममा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहोरा, उत्तम थापामगर, दिपक डुम्रे र दीपेश कँडेल रहेका छन् ।

यसैगरी, हेमन्त धामी, दुर्गेश गुप्ता, गुल्सन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहोराले १४ जनाको स्क्वाडमा स्थान बनाएका छन् । क्यानले ४ जना बैकल्पिक खेलाडीको सूची पनि सार्वजनिक गरेको छ । प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव रहेका छन् । यु–१९ विश्वकप वेस्टइन्डिजमा हुने छ ।

Logo