नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज सपथग्रहण गर्दैछिन्।
आज साँझ ५ बजे रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने संसद सचिवालयले जनाएको छ। यसैबिच, उपसभामुख रानामगरले आज एक विज्ञप्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीनामा दिएकी छन्।
प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन्। उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन्। बिहिबार मत विभाजन हुँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो। एक सांसद भने तटस्थ बसेका थिए। झापाको अर्जुनधारा नगरपालिका–११ स्थित देउनिया बस्तीकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन्।





























प्रतिक्रिया