श्रीलंका फुटबलमाथि फिफाले लगायो प्रतिबन्ध

श्रीलंका फुटबलमाथि फिफाले लगायो प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले श्रीलंकालाई प्रतिबन्ध लगाएको छ । 

श्रीलंका फुटबल संघ (एफएफएसएल) मा तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफा काउन्सिलको बैठकले प्रतिबन्ध लगाएको हो । अर्को निर्णय नभएसम्मका लागि यो प्रतिबन्ध कायम रहनेछ । 

यसक्रममा श्रीलंका र त्यसको प्रतिनिधित्व गर्दै कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन । साथै फिफाको सदस्य राष्ट्रका रूपमा पाउने फिफा वा एसियाली फुटबल महासंघ (एएफसी) विकास कार्यक्रम, विभिन्न कोर्ष र प्रशिक्षणबाट पनि एफएफएसएल वञ्चित रहने छ। 

यसअघि फिफाकाे निर्देशनलाई अवज्ञा गर्दै एफएफएसएलले आवधिक निर्वाचन गर्न नसक्नुका साथै संस्थालाई गति पनि दिन सकेको थिएन । 

Logo