झापाको एभरेष्ट चिया बगानमा युवक र युवती झुण्डिएको अवस्थामा फेला

झापाको एभरेष्ट चिया बगानमा युवक र युवती झुण्डिएको अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

झापामा एक युवक र एक युवती मृत फेला परेका छन् ।

आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ । अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए ।

Skip This
Skip This
Logo