बालुवाटारमा ओली-दाहालबीच छलफल शुरु

बालुवाटारमा ओली-दाहालबीच छलफल शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाभित्रको आन्तरिक विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि वार्ता शुरु भएको छ। नेताहरुबीच केही बेर अघि भेटवार्ता शुरु भएको हो ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि सहभागी भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

आइतबारदेखि नेताहरुबीच दिनहुँ छलफल भइरहे पनि अहिले सम्म कुनै सहमति जुट्न सकेको छैन ।

१३ साउन देखि दुईअध्यक्षबीच रोकिएको संवाद आइतबारदेखि शुरु भएको हो । नेताहरु आ–आफ्नै अडानमा कायमै रहेका कारणले अहिलेसम्म सहमति बन्न सकेको छैन। जसले गर्दा कार्यकर्ता र शुभचिन्तकहरु निराश बनेका छन् ।

Logo