गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएपनि जवाफी बहसको समय नभएकाले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।

संवैधानिक इजलासमा कायममुकायम मुख्यन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन्। बुधबार रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीले लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि गर्नुपर्ने प्रक्रिया पूरा नगरेकाले उनी नेपाली नागरिक नभएको जिकीर गरेका छन् ।

बुधबार रिट निवेदक र विपक्षी तर्फका कानुन व्यवसायीको बहस सकिएको छ। अब शुक्रबार रिट निवेदकको तर्फबाट जवाफी बहस हुनेछ। यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ ।  

अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै अधिवक्ता रविराज बसौला र अधिवक्ता युवराज पौडेलबाट गत २८ मंसिरमा लामिछानेविरुद्ध दुईवटा छुट्टाछुट्टै रिट दर्ता गरिएको थियो । 

Logo