माओवादीको स्थायी समिति बैठक दिउँसो २ बजेका लागि सर्‍यो

माओवादीको स्थायी समिति बैठक दिउँसो २ बजेका लागि सर्‍यो

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक निर्धारित समयभन्दा केहीपछि सरेको छ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सरेको हो । केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने उक्त बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन विकास र विस्तारको विषयमा छलफल गरिने महासचिव देव गुरुङले जानकारी दिए ।

यस्तै, बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि पनि बैठकका एजेन्डा रहेका छन् । माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्नेबारे सहमति गरिसकेको छ । त्यस्तै, माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीसँग पनि माओवादीले एकता गर्ने तयारी गरेको छ ।

आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्ने जनाइएको छ ।   

Logo