आसिफले जिते आइसिसीकाे स्पिरिट अफ क्रिकेट अवार्ड

आसिफले जिते आइसिसीकाे स्पिरिट अफ क्रिकेट अवार्ड

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) अवार्ड  जितेका छन् । 

बिहीबार आइसिसीले आसिफले सो प्रतिष्ठित अवार्ड प्राप्त गरेको जानकारी दिएको हो । गत वर्ष ओमानमा भएको चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उनले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । आसिफ स्पिरिट अफ क्रिकेटको अवार्ड जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।

गतवर्ष अल अमरेत क्रिकेट मैदानमा आयरल्यान्ड १८ ओभरमा ११३–८ को अवस्थामा थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीको १९ औं ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसँग अल्झिएर लड्न पुगेका थिए । तर, आसिफले म्याकबर्नीलाई रन आउट गरेका थिएनन् । जुन खेल भावनाका दृष्टिले सर्वाधिक चर्चा र प्रशंसा पाएको थियो । 

Logo