भारतीय कम्पनीसँगको सम्झौता त्रूटीपूर्ण भएको क्यान अध्यक्षद्वारा स्वीकार

भारतीय कम्पनीसँगको सम्झौता त्रूटीपूर्ण भएको क्यान अध्यक्षद्वारा स्वीकार

केन्द्रबिन्दु
0
Shares

साधारण सभाबाट पारित भइ आयोजना भएको नेपाली टी–२० लिगको सम्झौता त्रुटीपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । 

बिहीवार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनीसँगको सम्झौता त्रुटीपूर्ण रहेको बताएका हुन् । चन्दले नेपाल टी–२० लिगका क्रममा लागि विवादस्पद कम्पनी सेभेन थ्री स्पोट्र्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरे । तर क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको स्पस्टोक्तिसमेत उनले दिए । 

अध्यक्ष चन्दले क्यानले पहिलो प्रयास गर्ने क्रममा केही कमीकमजोरी भएको र साझेदार पार्टनरसँग सम्झौता अनुरुप काम नहुनु दुखद् भएको बताए । सम्झौताअनुसार काम अघि बढाउन सेभेन थ्री स्पोर्टसलाई दबाब दिन नसक्नु क्यानको कमजोरी भएको पनि उनले स्वीकार गरे । सेभेन थ्री स्पोर्टसलाई दबाब दिन नसकेकै कारण श्रम स्वीकृति ढिला भएको र लिगको दौरामा विभिन्न कारण विवाद हुनु क्रिकेट संघको पनि कामजोरी रहेको बताए । 

अध्यक्ष चन्दले नेपाल टी–२० लिगमा सहभागी पाँच फ्रेन्चाइज टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले एक÷दुई महिना भित्र नै पाउने जानकारी दिए । उनले खेलाडीको सबै रकम चुक्ता गरिसकेको र केही खेलाडीको भुक्तानी छिटै पूरा हुने पनि बताए । 

यस्तै, अध्यक्ष चन्दले पुरस्कारको रकम सेभेन थ्री स्पोट्र्सले दिने सम्झौता भएको र नदिएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरबाट लिन पहल गर्ने समेत बताए । प्रतियोगिताको दौरानमा उनले स्पट फिक्सिङमा क्यानका कुनैपनि पदाधिकारीको संलग्न भए कारबाही भोग्न तयार रहेको बताए । उनले टि–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएकोमा पुष्टि भए क्यानले नै कारबाही गर्ने बताए । 

नेपाली क्रिकेटर आदिल आलम र पूर्वक्रिकेटर मेहबुब आलम स्पट फिक्सिङको आरोपमा पक्राउ परिसकेका छन् । केन्द्रिय अनुसन्धान ब्युरोले उनीहरुसहित १० जनाबिरुद्ध मुद्दा अगाडि बढाएको छ ।

Skip This
Skip This
Logo