गृहमन्त्रीसँग मेयर बालेनकाे भेटवार्ताः मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

गृहमन्त्रीसँग मेयर बालेनकाे भेटवार्ताः मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

आज दिउँसो मन्त्रालयमा भएकाे भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । मेयर बालेनले सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका थिए भने जवाफमा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए । 

केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्‍याएरमात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो ।

Logo