सुजुकी ग्रान्ड भिटाराको नेपाली बजारमा पनि खुल्यो बुकिङ, कति पर्छ अहिले ?

सुजुकी ग्रान्ड भिटाराको नेपाली बजारमा पनि खुल्यो बुकिङ, कति पर्छ अहिले ?

केन्द्रबिन्दु
0
Shares

मारुती सुजुकीको एसयूभी ग्रान्ड भिटाराको नेपाली बजारमा पनि बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पका अनुसार केही दिनमै नेपालमा भित्र्याउने तयारी भएको र त्यसका लागि बुकिङ पनि सुरु गरिएको हो । 

नेपाली बजारमा अहिले ग्रान्ड भिटाराको जिटा र अल्फा भेरिएन्ट भित्रिने भएका छन् । कम्पनीको मिड भेरिएन्ट जिटाको मूल्य नेपाली बजारमा ल्याउँदा ८५ लाख रुपैयाँ र टप भेरिएन्ट मानिएको अल्फाको भने ९० लाख रुपैयाँको हाराहारी हुने अनुमान छ ।

हाल उक्त कारहरु बुकिङका लागि ग्राहकले ५० हजार रुपैयाँ बुझाउनु पर्नेछ । तर, बुकिङ गरिसकेका ग्राहकले गाडी लन्चिङको समयमा सार्वजनिक गरिने सुरुवाती मूल्यमा करिब २ देखि ३ लाख रुपैयाँ छुट पाउने समेत कम्पनीले जनाएको छ । 

नयाँ ग्रान्ड भिटारामा माइल्ड हाइब्रिड टेक्नोलोजी भएको १४६२ सीसीको पेट्रोल इन्जिन छ । जसले ६००० आरपीएममा १०३ पीएसको पावर र ४४०० आरपीएममा १३६.८ एनएमको टर्क जेनेरेट गर्छ । यसमा लेयर्ड ड्यासबोर्ड, सेन्टर कन्सोल, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ठूलो एमआईडी भएको सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा सिस्टम, हेड–अप डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, इन्जिन स्टार्ट/स्टप बटन, वायरलेस चार्जिङ डक, रियर एसी भेन्ट्स जस्ता फिचर उपलब्ध हुने कम्पनीले जनाएको छ । 

Logo