काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को वस्तुस्थिति सम्बन्धमा विज्ञहरूसँग परामर्श लिन शुरु गरेका छन् ।
केही बेर अघि बालुवाटारमा उनले परामर्श शुरु गरेका हुन् । आजको बैठकमा संसदमा विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
केही दिन देखि नेपालमा बढिरहेको कोरोना संक्रमणका विषयमा प्रधानमन्त्रीले विज्ञहरुसँग परामर्श लिन शुरु गरेका छन् । आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा सल्लाह गर्न प्रधानमन्त्रीले विज्ञहरुलाई बोलाएका हुन् ।





























प्रतिक्रिया