आर्सनललाई हराउँदै सिटी एफए कपको पाँचौं चरणमा

आर्सनललाई हराउँदै सिटी एफए कपको पाँचौं चरणमा

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा आर्सनललाई १–० गोल अन्तरले हराउँदै सिटीले पाँचौं चरणको यात्रा तय गरेको हो । इतिहाद स्टेडियम भएको खेलमा सिटीलाई जित दिलाउन नाथन एकेले निर्णायक गोल गरे । एकेले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए ।

उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो । पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ ।

Skip This
Skip This
Logo