स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा रियलले अंक बाड्नु परेको हो । यस बराबरीसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाउने मौका समेत गुमाएको छ । रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ५ अंकले पछि परेको छ । रियल ४२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको बार्सिलोनाको ४७ अंक रहेको छ । सोसिडाड ३९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
आइतबार नै ओसासुनालाई हराएको एट्लेटिको मड्रिड अंक तालिकामा चौथो स्थानमा छ ।





























प्रतिक्रिया