शारीरिक अशक्त तथा वृद्धवृद्धाहरूका लागि उपयुक्त कोमाकी ब्राण्डको तीन पांग्रे इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्र्याइएको छ ।
नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ प्रालिले विशेष प्रकारले डिजाइन गरिएको उक्त इलेक्ट्रिक स्कुटर हालै बजारमा ल्याएको हो । सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज दिने यस स्कुटर टिकाउ र भरपर्दो भएको दाबी गरिएको छ । यस स्कुटरमा रिभर्स असिस्ट, सिंक्रोनाइज्ड ब्रेकिङ सिस्टम र एन्टी थेफट सिस्टम जस्ता फिचर पनि उपलब्ध रहेका छन् ।
पर्याप्त बुट स्पेस भएको र क्लच तथा गियर सिफट र ब्रेक लगाउन नपर्ने भएकाले यस स्कुटर चलाउन सहज हुने कम्पनीको दाबी छ । यसको मूल्य नेपालमा २ लाख ५९ हजार रुपैयाँ तोकिएको छ ।





























प्रतिक्रिया