स्पेनिस कोपा डेल रेबाट रियल म्याड्रिड बाहिरियो

स्पेनिस कोपा डेल रेबाट रियल म्याड्रिड बाहिरियो

केन्द्रबिन्दु
0
Shares

एल्कोयानोसँग अतिरिक्त समयमा पराजित हुदै रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम ३२ बाट बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २–१ ले पराजित भएको हो । रियल मड्रिडका लागि मिलिताओले ४५ औँ मिनेटमा गोल गरि सुरुवाति अग्रता दिलाएका थिए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा रियल १० खेलाडीमा समेटिएको एल्कोयानोसँग २–१ ले पराजित हुदै कोपा डेल रेबाट बाहिरिएको हो ।

८० औँ मिनेटमा सोल्बेसले एल्कोयानोका लागि बराबरी गोल गरे । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । ११० औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर लोपेज ओलिभान बाहिरिएपछि १० खेलाडीमा सीमित भएको एल्कोयानोका लागि ११५ औँ मिनेटमा कासानोभाले गोल गरेर जित दिलाए ।

Skip This
Skip This
Logo