नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति बैठक आज पोखरामा बस्दैछ।
क्यानले सोमबार आफ्ना सबै पदाधिकारीलाई बैठकमा सहभागी हुन डाकेको थियो । आजको बैठकको मुख्य एजेन्डा नेपाल टी–ट्वान्टी लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा रहेका छन्। बैठकमा टी–ट्वान्टी लिगको रणनीतिक तथा कमर्सियल पार्टनर भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता, फिक्सिङ सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनले दिएका सुझावका बारेमा पनि छलफल हुनेछ।
बोर्डका केही सदस्यले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्षसहित अन्य पदाधिकारीको राजीनामा माग राखेपछि तत्कालै बार्ड बैठक बस्न लागेको हो । क्यान आफैंले आयोजना गरेको नेपाल टी–२० लिग निकै विवादास्पद बनेपछि असन्तुष्ट पदाधिकारीले अध्यक्षसहित अन्य सदस्यहरूको राजीनामा माग राखेका हुन् । यसैगरी, बैठकमा राष्ट्रिय महिला तथा पुरुष खेलाडीको करार सम्बन्धमा समेत छलफल हुने जनाइएको छ ।





























प्रतिक्रिया