प्रिमियर लिग क्लब चेल्सीले अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेज अनुबन्धको लागि प्रस्ताव गरेको छ ।
सेन्टर मिडफिल्डर अनुबन्धका लागि चेल्सीले पोर्चुगिज क्लब बेन्फिकालाई प्रस्ताव गरेको बीबीसीले जनाएको छ । चेल्सीले २२ वर्षीय मिडफिल्डर एन्जो अनुबन्धका लागि १२० मिलियन युरोको प्रस्ताव गरेको हो । एन्जोले समेत बेन्फिका छाड्ने योजना बनाएका छन् । उनले बेन्फिकालाई क्लब छाड्ने बताईसकेको बताईएको छ । बेन्फिका भने एन्जोलाई क्लबमै राख्न चाहन्छ ।
२०२२ मा रिभर प्लेटबाट बेन्फिका गएका एन्जोले बेन्फिकाका लागि १७ लिग खेलमा १ गोल गरेका छन् । एन्जोले अर्जेन्टिनाका लागि १० खेलमा १ गोल गरिसकेका छन् । कतार विश्वकपमा उत्कृष्ट युवा खेलाडी चुनिएका एन्जोले अर्जेन्टिनाले कतार विश्वकप जित्दा १ गोल गरेका थिए ।





























प्रतिक्रिया